36.9 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

रास्वपा सभापति लामिछाने हिरासतबाट मुक्त

वीरगंज,०४ पुस । काठमाडौँबाट चितवन हुँदै शुक्रबार साँझ रुपन्देही आइपुगेका रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत उपस्थित भएर थुनामुक्त भएका छन्।

उनी साँझ ५:३७ बजे अदालतमा पुगेका थिए । तुलसीपुर उच्च अदालतको आदेशपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न जिल्ला अदालतमा उपस्थित भएका हुन्।

खराब मौसमका कारण काठमाडौंबाट सीधा उडान नभएपछि उनी चितवनको भरतपुर विमानस्थल हुँदै सडकमार्गबाट रुपन्देही आएका थिए।

जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार, कानुन व्यवसायीको रोहबरमा सनाखतका लागि कागजात पहिले नै तयारी अवस्थामा राखिएकोले प्रक्रिया छिटो सकिएको हो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here