28.1 C
Birgunj
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img

म्याग्दीमा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण

म्याग्दी,२७ मंसिर । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण कार्य सुरु भएको छ।

म्याग्दी र गुर्जाखोलाको दोभानमा आयोजित कार्यक्रममा धौलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माणको औपचारिक सुरुआत गरेका हुन्। दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म करिब आठ किलोमिटर लामो पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवद्र्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चरले जनाएको छ।

प्रवद्र्धक कम्पनीका सम्पर्क व्यक्ति राम केसीका अनुसार विद्युत्गृहदेखि बाँध निर्माणस्थलसम्म पहुँचमार्ग पुर्‍याएपछि सिभिल ठेकेदारमार्फत बाँध, सुरुङ तथा विद्युत्गृह निर्माण कार्य थालिनेछ। उनले पहुँचमार्ग निर्माणसँगै वित्तीय व्यवस्थापन, सिभिल तथा इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको प्रक्रिया पनि समानान्तर रूपमा अघि बढाइएको जानकारी दिए।

केसीका अनुसार सुरुङ निर्माणमा आवश्यक पर्ने विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि आयोजनास्थलमा नेपाली सेनाको पोष्ट राख्न आवश्यक पूर्वाधार निर्माणको तयारी पनि भइरहेको छ।

अर्चेको फेदीमा बाँध र गुर्जा तथा म्याग्दी नदीको दोभानमा विद्युत्गृह रहने यस आयोजनामा चार किलोमिटर लामो सुरुङ रहनेछ। आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न गरिसकेको छ भने विद्युत् विकास विभागबाट जेनेरेशन अनुमतिपत्र पनि प्राप्त गरिसकेको छ। आयोजनाको हेड ३३७ मिटर रहेको छ। आयोजनाको लागत प्रतिमेगावाट १६ करोड रुपैयाँ अनुमान गरिएको छ।

रन अफ द रिभर (नदी प्रवाहमा आधारित) मोडेलमा निर्माण हुने यस आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा निर्माण गरेको १३२ केभी क्षमताको सबस्टेशनमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ। दोभानदेखि डाँडाखेतसम्म म्याग्दी र सहायक नदीमा निर्माणाधीन अन्य आयोजनासँग साझेदारी गर्दै करिब आठ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ।

यसैगरी, धौलागिरि गाउँपालिका–४ भएर बग्ने नदीहरूमा मुदीखोलाबाहेक ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ र ४६.२५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना पनि निर्माणाधीन छन्। साथै, ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले जेल्तुङदेखि दोभानसम्म बाँध जोड्ने पहुँचमार्ग निर्माणको तयारी गरिरहेको वडाध्यक्ष घर्तीले जानकारी दिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here