28.2 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

एनपीएल : फाइनल टिकटको छिनोफानो आज, विराटनगर र लुम्बिनी आमनेसामने

काठमाडौँ,२५ मंसिर । जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज (बिहीबार) किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल यात्रा सुनिश्चित गर्ने निर्णायक दोस्रो क्वालिफायर खेल हुँदैछ। दिउँसो ४ बजे सुरु हुने यस महत्वपूर्ण भिडन्तमा विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।

लिग चरणमा लुम्बिनी लायन्ससँग ५ विकेटले पराजित भएको विराटनगर आज जितसहित त्यस पराजयको बदला लिन मैदान उत्रने तयारीमा छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको ठूलो हार बेहोरेको विराटनगरका लागि आजको खेल ‘कर या मर’को स्थितिमा छ। सुदूरपश्चिमले यसअघि नै शनिबार हुने उपाधि भिडन्तका लागि स्थान सुनिश्चित गरिसकेको छ।

यता, गत संस्करणको तुलनामा उत्कृष्ट फर्ममा देखिएको लुम्बिनी लायन्स पनि फाइनल प्रवेशको लक्ष्यसहित आत्मविश्वासका साथ मैदान प्रवेश गर्न तयार छ। लुम्बिनीले बुधबार सम्पन्न ‘एलिमिनेटर’ खेलमा काठमाण्डु गुर्खाजलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।

आजको खेलको विजेताले शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here