30.7 C
Birgunj
Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026
spot_img

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस बर्ष आशु सर्राफलाई प्रदान गर्ने निर्णय

वीरगंज (पर्सा), ११ मंसिर । समाजवादी प्रेस संगठन नेपाल, पर्साले वितरण गर्दै आएको स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गर्ने निर्णय भएको छ । समाजवादी प्रेस संगठन नेपाल, पर्साले गठन गरेको पुरस्कार वितरणकाे लागि पत्रकार छनौट समितिको बिहिबार बसेको बैठकले दोस्रो स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यात्रा डेलीका डेस्क सम्पादक आशु सर्राफलाई प्रदान गर्ने निर्णय गरेको हो ।

रु २१ हजार नगद राशीको यो पुरस्कार यस बर्ष पत्रकार सर्राफलाई प्रदान गर्ने निर्णय भएको समितिका संयोजक तथा समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमनले जानकारी दिए । आगामी मंसिर १५ गते, वीरगंजमा आयोजना हुने स्व. नरेश सर्राफको तेस्रो स्मृति सभामा पुरस्कार वितरण गरिने पनि संयोजक सुमनले बताए । यसअघि सो पुरस्कारबाट वीरगंजका पत्रकार मनोज पटेल सम्मानित भइसकेका छन् ।

समितिका संयोजक सुमनको अध्यक्षतामा बसेकाे बैठकमा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवान, मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, सदस्यहरू हरिशंकर शर्मा, विनोद पटेल, सन्तोष साह र मनिषा कुमारी साहको उपस्थिति रहेको थियो ।समाजवादी प्रेस संगठन पर्सा शाखाका कार्यसमिति सदस्य समेत रहेका पत्रकार स्व. सर्राफको २०७९ मंसिर १५ गते हृदयघातका कारण अल्पायुमै निधन भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here