28.5 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

प्रतिनिधिसभा चुनाव तयारी तीव्र, दल दर्ताको संख्या ६८ पुग्यो

काठमाडौं,०९ मंसिर । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा दर्ता गराउने क्रम तीव्र बनेको छ ।

आजसम्ममा प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसहित कूल ६८ वटा राजनीतिक दलहरू ले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेको निर्वाचन आयोगका प्रवक्ता महादेव पन्थले जानकारी दिएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूका लागि दल दर्ताको अन्तिम समयसीमासम्म निर्धारण गरेको छ । प्रवक्ता पन्थले बाँकी राजनीतिक दलहरूलाई पनि समयभित्रै दर्ता भएर प्रतिस्पर्धामा भाग लिन आह्वान गरेका छन् ।

यस क्रममा, नेकपा एमालेले अपनाएको दोहोरो रणनीति राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । एमालेले एकातिर प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ भने अर्कोतिर निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता पनि गराएको छ । एमालेका नेताहरूले भने आफूहरूको मुख्य बटमलाइन भने प्रतिनिधिसभा पुनर्स्थापना नै रहेको स्पष्ट पारेका छन् ।

यसैबीच, निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानमा सहभागी गराउने विषयमा सरकारसँग गम्भीर छलफल भइरहेको जानकारी दिएको छ । यद्यपि, विदेशी नागरिकलाई मताधिकारको विषयमा आवश्यक कानुन बनिसकेपछि मात्र निश्चित हुने प्रवक्ता पन्थको भनाइ छ । निर्वाचन आयोग स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको पनि उनले बताएका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here