28.5 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

धनुषामा कारले ठक्कर दिँदा दम्पतीमध्येकै पत्नीको मृत्यु, पति गम्भीर

जनकपुर,०७ मंसिर । धनुषामा कारले साइकलबाट यात्रा गरिरहेका दम्पतीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

आज बिहान जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–२ नक्टाझीज हजरा चोकमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३१ च २०३६ नम्बरको कारले साइकतर्फ सवार दम्पतीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मिथिला नगरपालिका–१ लक्ष्मी निवासका ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् भने उनकी ५५ वर्षीया पत्नी सुमित्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

गम्भीर घाइते राजकुमार महतोको उपचारका लागि जनकपुरस्थित अस्पतालमा भर्ना गरिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here