29.3 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्– किन फिर्ता बोलाइए ११ राजदूत

कात्तिक,१५  काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले केही नेपाली राजदूतहरूले विदेशी मुलुकहरूमा नकारात्मक ब्रिफिङ गरेको पाइएको भन्दै ११ जनालाई फिर्ता बोलाउने निर्णय गरेकी बताएकी छन् । प्रधानमन्त्रीको भनाइअनुसार केही राजदूतले ‘यो सरकार लामो जाँदैन भन्दै विदेशी मुलुकहरुलाई ब्रिफिङ गरेका’ थिए ।

बालुवाटारमा शुक्रबार पत्रकारहरूसँगको संवादमा उनले विभिन्न देशमा नियुक्त राजदूतमध्ये के आधारमा ११ जनालाई मात्र फिर्ता बोलाइयो भन्ने प्रश्नमा प्रधानमन्त्री कार्कीले तीन कारणले फिर्ता बोलाएको बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीका अनुसार, केही राजदूतको काम प्रभावकारी थिएन, कतिपयले सरकारको अनावश्यक आलोचना गरिरहेका थिए भने केही आर्थिक विवादमा मुछिएका थिए । यी तीन कारणले फिर्ता बोलाउने निर्णय अपरिहार्य भएको बताइन् ।

गत असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, मलेसिया, इजराइल, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

‘हाम्रो अनुभवमा राजनीतिक कार्यकर्ता भएर राजदूत नियुक्ति पाएकाहरूले भन्दा कूटनीतिक अनुभवका आधारमा राजदूत बनेकाहरूको कार्यसम्पादन राम्रो देखियो,’ कार्कीले भनिन्, ‘हाम्रो प्राथमिकता देशको स्वाभिमान, कूटनीतिक सम्मान र सरकारको स्थायित्व हो । यसमा कुनै सम्झौता हुँदैन।’

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here