29.3 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

चितवन प्रशासनको अनुरोध: नारायणगढ–मुग्लिन खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन

कात्तिक,१५ काठमाडौं । अविरल वर्षासँगै पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन–मलेखु सडकखण्डमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार साँझ सूचना जारी गर्दै पृथ्वीराजमार्गअन्तर्गतका यी सडक खण्डमा लगातार पहिरो खसिरहेको भन्दै यात्रु र सवारी चालकलाई सावधानी अपनाउन अनुरोध गरेको हो।

प्रशासनका अनुसार बिहीबारदेखि नै सडकका विभिन्न स्थानमा स–साना पहिरो खस्ने क्रम जारी छ।
तुइनभिर, मुग्लिन–मलेखु र आसपासका क्षेत्रमा खसेका पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याइए पनि जोखिम अझै कायमै रहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन्।

उनका अनुसार, वर्षा निरन्तर हुने र थप पहिरो खस्ने सम्भावना रहेकाले अत्यावश्यक काम नपरी यात्रा नगर्न, गर्नै परे सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको छ।

यदि वर्षा अझै बढ्ने र जोखिम बढ्ने अवस्था आएमा नारायणगढ–मुग्लिन र मुग्लिन–मलेखु सडकखण्डमा कुनै पनि बेला सवारी आवागमन बन्द गर्न सकिने प्रशासनले जनाएको छ।

यात्रा गर्नुअघि सडक अवस्थाबारे जानकारी लिन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (९८५५०१३९९९) वा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख (९८५५०१७०९९) लाई सम्पर्क गर्न आग्रह गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here