32.2 C
Birgunj
Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026
spot_img

दुई महिना नबित्दै पर्सा र बाराका सिडिओ सरुवा

वीरगञ्ज । गृह मन्त्रालयले एकैपटक ३६ सहसचिवको सरुवा गरेको छ, जसअन्तर्गत देशभरका ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन भएका छन्।

पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको सरुवा भई उनलाई अर्घाखाँची जिल्लामा खटाइएको छ। सुवेदीले पर्सामा करिब दुई महिनाअघि मात्र जिम्मेवारी सम्हालेका थिए। अब पर्साको प्रशासनिक नेतृत्व दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सम्हाल्ने भएका छन्।

त्यस्तै, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको पनि ६० दिनमै सरुवा गरिएको छ। भदौ ११ गते बाराको सिडिओका रूपमा आएका पौडेललाई गृह मन्त्रालयले मन्त्रालयअन्तर्गतको कामकाजका लागि खटाएको हो। भदौ २३ र २४ गते बारामा भएको प्रदर्शनका क्रममा भएको भौतिक र मानवीय क्षतिको छानबिनका कारण पौडेलको सरुवा भएको बताइएको छ।

उनको स्थानमा हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्र बाराका नयाँ सिडिओका रूपमा आउने भएका छन्।

गृह मन्त्रालयको आइतबार बसेको बैठकले देशभरका प्रमुख जिल्ला अधिकारीहरूको व्यापक हेरफेर गर्दै प्रशासनिक संरचनामा नयाँ नेतृत्वको सुरुवात गरेको हो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here