32.2 C
Birgunj
Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026
spot_img

प्रदेश सांसद शर्माको घरमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

वीरगंज । वीरगंज महानगरपालिका–६ निवासी प्रदेश सांसद बिना देवी शर्माको घरमा आज साँझ आगलागी भएको छ।

छठ पर्व दिन सोमबार साँझ करिब ५:५० बजेको समयमा आगलागी भएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुबेदी को कमाण्डमा ३० जनाको प्रहरी टोली, वीरगंज महानगरपालिकाका दुईवटा दमकल र स्थानीय बासिन्दाहरूको सहयोगमा आगो निभाउने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी, दमकल र स्थानीयको सक्रियतामा करिब साँझ ६ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण हालसम्म खुल्न बाँकी रहेको र कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको बताइएको छ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बसनेतले जानकारी दिएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here