30.2 C
Birgunj
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img

जेनजी आन्दोलनमा प्रहरी हत्या प्रकरणः ओम पौडेल पक्राउ

काठमाडौं,०८ असोज । जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा अर्का एक व्यक्तिलाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो। यसअघि काभ्रे घर भएका युवराज क्याप्छाकीलाई पक्राउ गरिएको थियो। यससँगै घटनामा पक्राउ पर्नेको संख्या दुई पुगेको छ।

महाराजगञ्ज वृत्तका प्रहरीलाई कुटपिट गरिरहेको भिडियो फुटेजको आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका प्रहरी सहायक निरीक्षक मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो। त्यस्तै, प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङ पनि सोही आन्दोलनमा मारिएका थिए।

भिडियो फुटेजअनुसार, ओम पौडेलले ‘तँ डीएसपी होस्’ भन्दै लट्ठीले प्रहार गरी जवान उत्तम थापाको हत्या गरेको देखिन्छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here