30.2 C
Birgunj
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img

नेपालभर विश्वकर्मा पूजा एवं वास्तु दिवस भव्य रूपमा मनाइदै

वीरगंज,०१ असोज । नेपालभर आज कालीगढ तथा विभिन्न पेशासँग संलग्न श्रमिकहरूले भगवान् विश्वकर्माको पूजा आराधना गर्दै वास्तु दिवस एवं विश्वकर्मा पूजा भव्य रूपमा मनाएका छन्।

हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने यस पर्वलाई औजार र उपकरणको रक्षा, दीर्घायु तथा कार्यकुशलताको प्रतीकका रूपमा लिने गरिन्छ। यस अवसरमा विभिन्न उद्योग–धन्दा र कारखानाहरूमा भगवान् विश्वकर्माको मूर्ति वा तस्बिर राखी पूजा गर्ने परम्परा रहिआएको छ।

पूजापछि मूर्तिलाई सुन्दरीजलसहितका पवित्रस्थलमा विसर्जन गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार यस दिन गरिएको पूजाले उपकरण दीर्घकाल टिक्ने र राम्रो काम गर्ने गुण प्राप्त हुने विश्वास छ।

धर्मशास्त्रविद्हरूका अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट जोगाउन विश्वकर्माले समुद्रबीच ‘भेद द्वारका’ निर्माण गरेका थिए, जसले उनलाई सफल वास्तुविद् मान्ने परम्परा सुरुआत भएको हो। त्यस्तै, ‘विश्वकर्मा प्रकाश’ नामक ग्रन्थलाई वास्तुशास्त्रको मूल आधारका रूपमा लिइन्छ।

नेपालमा पछिल्ला वर्षहरूमा वास्तु विद्याको पुनर्जागरण हुँदै गएको छ। सहर, आवास र संरचना निर्माणमा वास्तुशास्त्रको प्रयोग बढेसँगै आधुनिक समयमा पनि विश्वकर्मा पूजा र वास्तु दिवसको महत्व अझ बढ्दै गएको देखिन्छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here