40.8 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

कारागार संकट: गौरबाट २२७ कैदी अझै फरार, ६४ मात्र नियन्त्रणमा

रौतहट,२६ भदौं । मंगलबार राति गौरस्थित जिल्ला कारागारबाट फरार भएका कैदीमध्ये ६४ जनालाई सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएका छन् भने दुई सय २७ जना अझै फरार रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कारागारमा रहेका कैदीहरू मंगलबार राति करिब ११ बजे पछाडिको पर्खाल भत्काएर समूहगत रूपमा फरार भएका थिए। घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले तत्काल खोजतलास अभियान सञ्चालन गरेको थियो । प्रारम्भिक कारबाहीमा ३१ कैदीलाई कारागार परिसरमै नियन्त्रणमा लिन सफल सुरक्षाकर्मीले थप कैदीलाई विभिन्न स्थानमा पक्राउ गरी अहिलेसम्म ६४ जनालाई नियन्त्रणमा लिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोदकुमार खड्काका अनुसार फरारमध्ये केही भारतीय नागरिकसमेत रहेका छन् । तीमध्ये १०–१२ जनालाई भारतीय सीमा क्षेत्रमा तैनाथ सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको र अवस्था सामान्य भएपछि उनीहरूलाई नेपाली पक्षलाई बुझाउने तयारी भइरहेको जानकारी दिइएको छ ।

फरारकैदीहरूका कारण ठूलो सुरक्षा चुनौती उत्पन्न भएपछि गौर र आसपासका क्षेत्रमा सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ । सीमा नाका, राजमार्ग र नजिकका बस्तीहरूमा कडा निगरानीसहित चेकजाँचलाई कडा पारिएको प्रशासनले जनाएको छ ।

यसअघि कैदीहरूको सामूहिक भाग्दाभागसँगै स्थानीय क्षेत्रमा त्रास फैलिएको भए पनि अहिले परिस्थिति क्रमशः सामान्य बन्दै गएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here