38.8 C
Birgunj
Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
spot_img

नेपाली संगीतमा नयाँ स्टार : गंगा सोनम ‘नेपाल आइडल’ सिजन ६ की विजेता

काठमाडौँ,१६ भदौ । सिन्धुपलाञ्चोक इन्द्रावती १० की गंगा सोनमले नेपाल आइडल’ सिजन ६ को उपाधि जितेकी छन्। आइतबार राति सम्पन्न फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई हराउँदै उनले उपाधि जितेकी हुन्।

उनले उपाधि ट्रफीसहित नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहारहरू पाएकी छन्। सोनम विजेता बन्दा बबिता थापा मगर फर्स्ट रनर अप र दर्शना गान्धारी सेकेन्ड रनरअप बनेका छन्। फस्ट रनर अप थापा र सेकेन्ड रनर अप गान्धारीले नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरेका छन्। यस्तै अभिनय खाति चौथो बने भने मृनल मानन्धरले पाँचौ बनेका छन्, उनीहरुले जनही १ लाख रुपैयाँ पुरस्कार जितेका छन्।

नेपाल आईडल बन्ने सोनम दोस्रो महिला हुन्। यसअघि सज्जा चौलागाईँले सिजन ३ को आईडल जितेकी थिइन्। यसअघि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले नेपाल आईडलको उपाधि प्राप्त गरेका थिए।

नेपाल आइडलको यो सिजनमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक रहेकोमा शोको निर्देशन सुरेश पौडेल र एलेन श्रेष्ठले गरेका थिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here