30.1 C
Birgunj
Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026
spot_img

उच्च अदालतको आदेशपछि पोखरा बसपार्क संरचना हटाउने प्रक्रिया स्थगित

पोखरा,२२ जेष्ठ । पोखरा बसपार्क क्षेत्रका संरचना हटाउने तयारी भइरहेका बेला उच्च अदालत पोखराले तत्कालका लागि रोक लगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका भौतिक संरचना हटाउने तयारी गरिरहेको अवस्थामा अदालतको यस्तो आदेश आएको हो। महानगरले जेठ २५ गतेदेखि संरचना हटाउने आन्तरिक तयारी अघि बढाएको थियो।

योगेन्द्रदेवी श्रेष्ठले बसपार्क क्षेत्रमा आफ्नो जग्गा रहेको दाबी गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पोखराका न्यायाधीश तेजनारायण सिंह राईको एकल इजलासले संरचना तत्काल नहटाउन र नभत्काउन आदेश दिएको हो।

अदालतले पोखरा महानगरपालिका–९ स्थित कित्ता नम्बर ५४ मा बनेका घर तथा अन्य भौतिक संरचना यथास्थितिमा राख्न निर्देशन दिएको छ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय कास्कीसहित विपक्षी पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिइएको छ। साथै दुवै पक्षलाई आगामी छलफलका लागि अदालतमा उपस्थित हुन पनि निर्देशन गरिएको छ।

लामो समयदेखि विवाद र अतिक्रमणको विषय बनेको बसपार्क क्षेत्र व्यवस्थापनका लागि महानगरले अघि बढाएको प्रक्रिया अदालतको आदेशपछि तत्कालका लागि रोकिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here