32.7 C
Birgunj
Date
आइत, जेष्ठ १०, २०८३
Sun, May 24, 2026
spot_img

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट सहयोग

विश्व हिन्दू परिषद् नेपाल ले शनिबार वीरगञ्जमा आयोजित एक कार्यक्रममार्फत नेपाल हिन्दू पत्रकार संघ लाई ३० थान ज्याकेट हस्तान्तरण गरेको छ। वीरगञ्जस्थित माईस्थान अतिथि सदनको सभाहलमा सम्पन्न विशेष समारोहबीच परिषद्ले पत्रकारहरूको सुरक्षा तथा पहिचानलाई लक्षित गर्दै उक्त सहयोग प्रदान गरेको हो।

विश्व हिन्दू परिषद् वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ज्योति रुङ्गटा ले हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियार लाई ज्याकेट हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई समेत प्रेश ज्याकेट लगाइदिएर सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ज्योति रुङ्गटाले पत्रकारहरूको कार्यक्षेत्रमा सहजता र छुट्टै पहिचान कायम होस् भन्ने उद्देश्यले ज्याकेट सहयोग गरिएको बताउनुभयो। उहाँले पत्रकारहरू समाज रूपान्तरणका अग्रपंक्तिका प्रतिनिधि भएकाले आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसँग सहकार्यलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।

त्यसैगरी, हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियारले परिषद्ले पत्रकारहरूको आवश्यकता बुझेर गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले उक्त ज्याकेट केवल पोशाक नभई पत्रकारहरूको जिम्मेवारी र पहिचानको प्रतीक भएको उल्लेख गर्दै यस्ता सहयोगले श्रमजीवी पत्रकारलाई थप उत्साह मिल्ने बताउनुभयो।

राजन रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राज सराफले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here