42.1 C
Birgunj
Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img

विश्व हिन्दू परिषद् नेपालले जिल्ला प्रशासनमा बुझायो ध्यानाकर्षण पत्र,

परिषद्ले बुधबार बारा र पर्साका जिल्ला प्रशासन कार्यालयमा छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै विशेषगरी तेस्रो मुलुकका नागरिकहरूको अवैध प्रवेश रोक्न प्रशासनलाई सचेत गराएको हो। बारामा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई पत्र बुझाइएको जनाइएको छ।

आगामी वैशाख ११ देखि १४ गतेसम्म जितपुर–सिमरा उपमहानगरपालिका–२४, हरपुरमा आयोजना हुने इज्तिमामा पाकिस्तान, बंगलादेशलगायत इस्लामिक राष्ट्रबाट सहभागीहरू आउने तयारी भइरहेको सूचनाप्रति परिषद्ले आपत्ति जनाएको छ।

ध्यानाकर्षण पत्रमा धार्मिक भेलाको आवरणमा छिमेकी तथा तेस्रो मुलुकबाट विदेशीहरू अवैध रूपमा नेपाल प्रवेश गर्ने र लुकिछिपी बस्ने जोखिम रहेको उल्लेख गरिएको छ। यस्ता गतिविधिले देशको सुरक्षा संयन्त्र कमजोर पार्न सक्ने परिषद्को दाबी छ।

परिषद्ले विगतका अनुभव उल्लेख गर्दै यस्ता कार्यक्रममा आएका सबै विदेशी फर्किने सुनिश्चितता नभएको र केहीले शरणार्थी वा अन्य बहानामा नेपालमै बस्ने प्रयास गर्ने आशंका पनि व्यक्त गरेको छ। विशेषगरी बंगलादेश र म्यानमारबाट आउने रोहिङ्ग्या समूहले यस्तो अवसरको फाइदा उठाउन सक्ने भन्दै प्रशासनलाई सचेत रहन आग्रह गरिएको छ।

नेपाल–भारत सीमा क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै अवैध घुसपैठ नियन्त्रण गर्न तथा साम्प्रदायिक सद्भाव कायम राख्न कडाइका साथ निगरानी गर्न परिषद्ले माग गरेको छ। साथै, कार्यक्रममा सुरक्षा निकाय र सञ्चारकर्मीको पहुँच सीमित हुने गरेको उल्लेख गर्दै भित्र हुने गतिविधि र विदेशी सहभागीहरूको अवस्थाबारे पारदर्शी रूपमा अनुगमन गर्न पनि आग्रह गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here