35 C
Birgunj
Date
मङ्ल, चैत्र १७, २०८२
Tue, March 31, 2026
spot_img

नक्कली प्रमाणपत्र पेश गर्ने पोख्रेलविरुद्ध अख्तियारको कडा कदम

काठमाडौं,१७ चैत । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडमा कम्पनी सचिव पदमा नियुक्त भएका पोख्रेलले झुटा शैक्षिक योग्यता पेश गरेको ठहरसहित आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कम्पनी सचिव पदका लागि कानुन विषयमा स्नातक उत्तीर्ण हुनुपर्ने कानुनी व्यवस्था रहे पनि एमबीएस योग्यता भएका पोख्रेललाई नियुक्त गरिएको भन्दै उजुरी परेको थियो । उक्त उजुरीमाथि गरिएको अनुसन्धानमा आवश्यक योग्यता नपुगेकै अवस्थामा नियुक्ति गरिएको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार झुटा प्रमाणपत्रका आधारमा सार्वजनिक पदमा रही काम गरेका पोख्रेलले सेवा अवधिभर एक करोड ७ लाख १ हजार ५८४ रुपैयाँ बराबरको हानी नोक्सानी पुर्‍याएका छन् ।

आयोगले उनको नियुक्ति बदर गरी प्राप्त सेवा–सुविधा असुलउपर गर्न तथा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here