35 C
Birgunj
Date
मङ्ल, चैत्र १७, २०८२
Tue, March 31, 2026
spot_img

वातावरण संरक्षणतर्फ ऊर्जा मन्त्रालयको कदम, प्लास्टिक प्रयोग बन्द

काठमाडौँ,१७ चैत । आजदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ ।

वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन र दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले मन्त्रालयले यो निर्णय लागू गरेको जनाएको छ।

मन्त्रालयका अनुसार प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगबाट वातावरणमा पर्ने नकारात्मक असर घटाउँदै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुसार यो कदम चालिएको हो।

यो निर्णयले सरकारी निकाय तथा सरोकारवालालाई सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ। साथै, प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको मन्त्रालयले उल्लेख गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here