35 C
Birgunj
Date
मङ्ल, चैत्र १७, २०८२
Tue, March 31, 2026
spot_img

खेलकुद विकासका लागि नीतिगत सुधार, विद्यालयबाटै सुरु हुने पहल

काठमाडौं,१७ चैत । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको समग्र विकासका लागि विद्यालयस्तरबाटै खेलकुदलाई पाठ्यक्रममा समावेश गर्ने योजना अघि सारेका छन् ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद्मा निरीक्षणका क्रममा मन्त्री पोखरेलले अब नीतिगत तहबाटै खेलकुदलाई शिक्षासँग जोड्ने तयारी भइरहेको जानकारी दिए । उनले पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरी विद्यालयको नियमित पाठ्यक्रममै खेलकुदलाई समावेश गर्ने स्पष्ट पारे ।

‘महानगरमा हुँदा केही कानुनी जटिलताका कारण यो काम अघि बढाउन सकिएन,’ उनले भने, ‘तर अहिले हामी नीति निर्माणको तहमा छौं, अब खेलकुदलाई पाठ्यक्रममा समावेश गर्न कसैले रोक्न सक्दैन ।’

मन्त्री पोखरेलले आगामी पाँच वर्षभित्रै ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताए । उनका अनुसार नेपालको खेलकुद क्षेत्रमा देखिएको मुख्य चुनौती सानै उमेरदेखि खेलाडी उत्पादन नहुनु हो ।

काठमाडौं महानगरपालिकामा रहँदा सुरु गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभव स्मरण गर्दै उनले अब कानुनी तथा नीतिगत रूपमा खेलकुदलाई शिक्षासँग जोड्ने प्रतिबद्धता व्यक्त गरे ।

हाल नेपालका धेरैजसो खेलाडीहरू नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपीएफ)बाट आउने गरेको उल्लेख गर्दै उनले ती निकायमा उपलब्ध हुने डाइट, प्रशिक्षण र आम्दानीको सुनिश्चितता जस्तै व्यवस्था विद्यालय तहबाटै गर्न आवश्यक रहेको बताए । ‘१८ वर्षपछि मात्र त्यस्ता निकायमा प्रवेश पाइन्छ, तर यदि सानो उमेरदेखि नै सोही स्तरको प्रशिक्षण र पोषण दिन सकियो भने खेलकुदको विकास अझ तीव्र हुन्छ,’ उनले भने ।

मन्त्री पोखरेलले खेलकुदले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने बताए । साथै आफूलाई मन्त्री वा अध्यक्षभन्दा पनि ‘टिम मेम्बर’का रूपमा हेर्न आग्रह गर्दै उनले सम्बन्धित सबै निकाय, विज्ञ र कर्मचारीलाई पूर्वाग्रह त्यागेर एकजुट भई काम गर्न आह्वान गरे ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here