36.2 C
Birgunj
Date
मङ्ल, चैत्र १७, २०८२
Tue, March 31, 2026
spot_img

नयाँ अर्थमन्त्रीको एक्सन, मन्त्रालयमा ठूलो प्रशासनिक फेरबदल

काठमाडौँ,१६ चैत । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयको कार्यभार सम्हालेसँगै प्रशासनिक सुधारतर्फ संकेत गर्दै ठूलो संख्यामा उपसचिवहरूको सरुवा गर्नुभएको छ ।

स्वर्णिम वाग्ले को नेतृत्वमा सोमबार एकैपटक ३० जना उपसचिवहरूको सरुवा गरिएको हो । उनीहरूलाई विभिन्न विभाग तथा मातहतका निकायहरूमा जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।

सरुवा सूचीअनुसार मन्त्रालयमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा अन्य सम्बन्धित कार्यालयहरूमा पठाइएको छ । साथै केही उपसचिवहरूलाई संघीय सरकारबाट प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयहरूमा समेत सरुवा गरिएको छ ।

मन्त्रालयका अनुसार कार्यसम्पादन प्रभावकारी बनाउने र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले नियमित रूपमा हुने सरुवा प्रक्रिया भए पनि नयाँ सरकार गठनपछि भएको यो कदमलाई अर्थ मन्त्रालयको टिम पुनर्गठनका रूपमा हेरिएको छ ।

अर्थमन्त्री वाग्लेले राजस्व चुहावट नियन्त्रण, कर प्रणालीमा पारदर्शिता र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्ने बताएका छन् । निजी क्षेत्रसँगको भेटमा उनले प्रशासनिक झन्झट अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए । सोही कार्यदिशा कार्यान्वयनतर्फ यो सरुवालाई महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here