36.2 C
Birgunj
Date
मङ्ल, चैत्र १७, २०८२
Tue, March 31, 2026
spot_img

लगानीकर्ता दबाबमा: सेयर बजार ११९ अंकले खस्कियो

काठमाडौँ,१६ चैत । नयाँ सरकार गठनसँगै उत्साह बढ्ने अपेक्षा गरिएको नेपाली सेयर बजारमा सुरुवाती दुई दिनमै उल्लेखनीय गिरावट देखिएको छ ।

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव ७१ अंकले घट्दै २८३१ अंकमा झरेको छ । यसअघि आइतबार ७१ अंकले घटेको बजारले दुई दिनमै कुल ११९ अंक गुमाएको हो । नयाँ सरकार गठनअघि करिब २ हजार ९५० अंकको उचाइमा पुगेको नेप्सेमा आएको यो तीव्र गिरावटले लगानीकर्तामा अन्योल र चिन्ता थपिएको देखिन्छ ।

सोमबारको कारोबार सुरुआतमा बजार केही समय स्थिरजस्तै देखिए पनि मध्यान्तरपछि तीव्र रूपमा ओरालो लाग्न थाल्यो । परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । आइतबार १५ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार घटेर १२ अर्ब ९६ करोड रुपैयाँमा सीमित भएको छ ।

सूचीकृत कम्पनीहरूमध्ये २३७ वटाको सेयर मूल्य घट्दा केवल २६ वटा कम्पनीको मूल्य बढेको छ । यस अवस्थाले बजारमा लगानीकर्ताको मनोबल कमजोर रहेको र अधिकांश ‘पर्ख र हेर’ को रणनीतिमा रहेको संकेत गर्छ ।

समूहगत रूपमा हेर्दा सबै उप–सूचकहरू घटेका छन् । विशेषगरी व्यापार समूहमा सबैभन्दा बढी २.५६ प्रतिशतको गिरावट देखिएको छ भने बैंकिङ, फाइनान्स, हाइड्रोपावरलगायत अन्य समूहहरू पनि करिब २ प्रतिशतले ओरालो लागेका छन् ।

यद्यपि, प्रतिकूल अवस्थाबीच पनि रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर र होटल फरेस्ट इनसहित ६ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । अर्कोतर्फ सोलु हाइड्रोपावर तथा केही लघुवित्त कम्पनीका लगानीकर्ताले बढी नोक्सानी व्यहोरेका छन् । रिडी पावर र ङादी ग्रुपजस्ता ऊर्जा कम्पनीहरूको कारोबारमा उल्लेख्य सक्रियता देखिए पनि यसले समग्र बजारलाई उकास्न सकेन ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here