36.2 C
Birgunj
Date
मङ्ल, चैत्र १७, २०८२
Tue, March 31, 2026
spot_img

ट्रफी सार्वजनिकसँगै वीरगंज प्रिमियर लिग–३ को माहोल तातेको

वीरगंज,१६ चैत । वीरगञ्जमा आयोजना हुन लागेको ‘वीरगञ्ज प्रिमियर लिग’ (बीपीएल–३) को ट्रफी सार्वजनिक गरिएको छ। ‘टिम आदर्शनगर’ को आयोजनामा सञ्चालन हुने प्रतियोगिताको ट्रफी आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगञ्जको माईस्थानस्थित गहवामाई मन्दिर अगाडि ट्रफी सार्वजनिक गरेका हुन्। सुमित कादमियाको संयोजकत्वमा सञ्चालन हुने प्रतियोगिताले स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

कार्यक्रममा बोल्दै संयोजक कादमियाले बीपीएल–३ ले वीरगञ्जको खेलकुद क्षेत्रमा थप उत्साह र ऊर्जा थप्ने विश्वास व्यक्त गरे। प्रतियोगितामा सहभागी हुने विभिन्न टिमका कप्तानहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सुमित चौरसिया, निरज गुप्ता लगायतका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन सद्दाम हुसेनले गरेका थिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here